PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

रंगशालामाथि आइपुग्दा विमान छड्के भइसकेको थियो, अगाडिको पंखा पनि घुमेको थिएन : प्रत्यक्षदर्शी



पहिलोपोस्ट

रंगशालामाथि आइपुग्दा विमान छड्के भइसकेको थियो, अगाडिको पंखा पनि घुमेको थिएन : प्रत्यक्षदर्शी

पोखरा : आइतवार बिहान पोखराको सेती खोंचमा यती एयरलाइन्सको विमान दुर्घटना भयो। ६८ जना यात्रु र ४ जना चालक दलका सदस्यसहित काठमाडौंबाट बिहान १० बजेर ३२ मिनेटमा पोखरा उडेको विमान १० बजेर ५० मिनेटमा सेती खोंचमा खसेको देखिएको छ। विमान खसेको समयमा सेती नदीमा रहेका स्थानीय विष्णुप्रसाद तिवारीले जे देखे :   

टाइम हेरिएन। रंगशाला गेटमाथि आइसकेपछि प्लेन अनब्यालेन्स भएको देखियो। छड्के परेर आएपछि प्लेन आपतकालीन अवस्थामा छ भन्ने लाग्यो। प्लेनको पंखा नै घुमेको थिएन।

त्यसपछि हामी भाग्दै आयौँ। घरमाथि नि पर्छ कि जस्तो अवस्था देखेर भागियो। हामी पुग्दा प्लेन क्र्यास भयो। पारिपट्टी प्लेनको प्यान देखियो। यता वारि धुवाँको मुस्लो देखियो। हामीले उद्धार गर्न र कहाँनेर के भयो अन्दाज गर्नै सकिएनँ। एकछिनपछि ज्वाला देखियो। रामबजार पुलिसमा फोन गरेँ। तलबाट चिच्याउनु भयो। नआत्तिनुस भनेर हामी आइराखेका छौँ भन्यौँ। तलबाट मान्छे चिच्याउँदा जहाजका प्यासेन्जर जिउँदै हुनुहुँदो रहेछ भन्ने लाग्यो। उहाँहरु घाँस समात्दैमाथि आउनुभयो। रगतरगत भएर आउनुभयो। तलका भाइहरु माछा मार्न जानुभएको थियो। उहाँहरु पो हुनुहुँदो रहेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell