PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

पोखरामा यती एयरको विमान दुर्घटना : ६४ जनाको शव फेला, ११ जनाको सनाखत



पहिलोपोस्ट

पोखरामा यती एयरको विमान दुर्घटना : ६४ जनाको शव फेला, ११ जनाको सनाखत

काठमाडौं : यती एयरलाइन्सको विमान दुर्घटनामा परी अहिलेसम्म ६४ जनाको मृत्यु भएको पुष्टि छ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोलीले दुर्घटनास्थलबाट ६४ वटा शव  फेला पारेको जनाएको हो। जसमध्ये केही शवलाई गण्डकी अस्पतालमा ल्याइएको जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृत दीपक रेग्मीले जानकारी दिए।

दिउँसो २ः१५ बजेसम्म एक बच्चासहित ३० जनाको शव अस्पताल ल्याइएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक प्रा डा भरतबहादुर खत्रीले जानकारी दिए। त्यस्तै ११ जनाको शव सनाखत भइसकेको प्रहरीले जानकारी दिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक सुभास तिमिल्सिनाले ११ जनाको सनाखत भइसकेको जानकारी दिए।

६८ जना यात्रु र ४ जना चालक दलका सदस्य विमानमा सवार थिए। नागरिक उड्डायन प्राधिकरणले भने अहिलेसम्म २९ जनाको मृत्यु भएको जनाएको छ। जसमा १० महिला, १८ जना पुरुष र एक जना शिशु रहेका छन्।

विमान बिहान १० बजेर ३२ मिनेटमा काठमाडौंबाट पोखरा उडेको थियो। ५३ जना नेपाली र बाँकी विदेशीसहित ७२ जना मानिस भएको विमानले दुर्घटना अगाडि अवतरणको लागि विमानस्थलसँग अनुमति पनि लिएको थियो। नागरिक उड्डयन प्राधिकरणका अनुसार विमानले १० बजेर ५० मिनेटमा सेती खोचमा विमानले अन्तिम पटक सम्पर्क गरेको थियो। त्यसपछिको समयमा विमान दुर्घटना भएको देखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell