PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

जनकपुरमा खिचडी भोज, नेतादेखि उद्योगी भए सहभागी



पहिलोपोस्ट

जनकपुरमा खिचडी भोज, नेतादेखि उद्योगी भए सहभागी

जनकपुरधाम : माघे संक्रान्तिको अवसरमा प्रत्येक वर्ष झै यस वर्ष पनि मधेश प्रदेशको राजधानी जनकपुरमा खिचडी भोजको आयोजना गरिएको छ। जनकपुरको जानकी चोकस्थित अंगराज सर (अरगज्जा) पोखरीको डिलमा खिचडी भोजको आयोजना गरिएको हो।

जानकी चोकका दुई दर्जन युवाहरुको आयोजनामा खिचडी भोजको आयोजना गरिएको युवा अगुवा सुशील कर्णले जानकारी दिए। भाईचारा र संस्कृतिलाई जोगाउनका लागि विगत एक दशक भन्दा बढी समयदेखि यस भोजको आयोजन हुँदै आएको कर्णले बताए।

यो खिचडी भोज मिथिला संस्कृतिमा सम्बन्ध विस्तारको एउटा अटुट माध्यम रहेको बताउँदै स्थानीय किसन साहले यसको निरन्तरता हुनुपर्ने बताए ।

भोजमा खिचडी, पापड, अचार, दही, चिनी, घ्यूसहितको परिकारको व्यवस्था गरिएको थियो। भोजमा विभिन्न राजनीतिक दलका नेता, उद्योगी, व्यापारी, स्थानीय, सञ्चारकर्मी तथा समाजसेवीहरुको उपस्थिति रहेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell