PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

यती एयर दुर्घटना : ४ जना अझै भेटिएनन्, खोजीमा सशस्त्र प्रहरीको गोताखोर र 'रोप रेस्क्यु' टोली



पहिलोपोस्ट

यती एयर दुर्घटना : ४ जना अझै भेटिएनन्, खोजीमा सशस्त्र प्रहरीको गोताखोर र 'रोप रेस्क्यु' टोली

काठमाडौं : सेती नदीको खोंचमा दुर्घटना भएको यती एयरलायन्सको विमानमा सवार ६८ जनाको शव फेला परेको छ। ४ जना अझै भेटिएका छैनन्। बेपत्ताको खोजी गर्न सशस्त्र प्रहरी बल बिपद् ब्यबस्थापन तालिम शिक्षालय कुरिनटारबाट इन्सपेक्टरको कमान्डमा गोताखोर र रोप रेस्क्यु  गरि १५ जनाको टोली पोखरा पठाइएको छ।

सेती नदीको खोचमा धेरै तल विमान खसेका कारण अहिले क्रेनको प्रयोग गरी उद्धारको प्रयास जारी रहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिए। उनका अनुसार पोखरास्थित गण्डकी आस्पतालमा ३१ जनाको शव लगि सकिएको छ।

बाँकी मानिसको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ। उद्धारको लागि क्रेनको प्रयोग गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell