PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

सरकार बिस्तारबारे प्रचण्ड - ओलीबीच छलफल



पहिलोपोस्ट

सरकार बिस्तारबारे प्रचण्ड - ओलीबीच छलफल

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच सरकार बिस्तारबारे छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा साँझ छलफल भएको हो।

प्रधानमन्त्रीको सचिवालयले सरकार बिस्तार र समसामयीक विषयमाथि छलफल भएको जानकारी दिएको छ। विश्वासको मत लिएपछि सरकार बिस्तार गर्ने योजनामा रहेका प्रचण्डले विश्वासको मतपछि पनि मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन्।

सत्ता गठबन्धन दलहरुका बिचमा भागबण्डा मिल्न नसकेपछि मन्त्रिपरिषद बिस्तारमा ढिलाइ भइरहेको छ। ७ दलको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डलाई विश्वासको मत लिने बेलामा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले पनि समर्थन गरेका थिए।

प्रचण्डलाई प्रतिनिधि सभाका २७५ सांसद मध्ये २६८ जनाको मत पाएका थिए। विश्वासको मतदानका बेलामा २७० जना मात्रै सांसद उपस्थित थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell