PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

पोखरामा यती विमान दुर्घटना : शोकमा राष्ट्रिय झण्डा आधा झुकाइने



पहिलोपोस्ट

पोखरामा यती विमान दुर्घटना : शोकमा राष्ट्रिय झण्डा आधा झुकाइने
विमान दुर्घटनामा परेकाहरुलाई उद्धार गरी पश्चिमाञ्चल क्षेत्रीय अस्पताल ल्याएपछि अस्पतालको शवगृह बाहिर जम्मा भएका आफन्त तथा सर्वसाधारण।

काठमाडौं : कास्कीको पोखरामा आइतवार भएको विमान दुर्घटनाप्रति दुख व्यक्त गर्दै शोकको घडीमा भोलि सोमबार राष्ट्रिय झण्डा आधा झुकाइने गृह मन्त्रालयले जानकारी दिएको छ।

विमान दुर्घटनालगत्तै बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार माघ २ गते शोक बिदा दिनुका साथै राष्ट्रिय झण्डा आधा झुकाउने तथा अत्यावश्यकबाहेकका सेवा र कार्यक्रम स्थगित गरिएको मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए।

विमान दुर्घटनाको शोकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने अध्यक्ष रहेको भूकम्प सुरक्षा दिवस मूल समारोह समितिले भोलि मनाउन लागेको २५औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस पनि स्थगित गरिएको मन्त्रालयले जानकारी दिएको छ।

आज बिहान १० : ३२ बजे काठमाडौंबाट पोखराका लागि ६८ यात्रु र चार चालक दलका सदस्यसहित उडेको यति एयरको एआरटी ७२ विमान पोखरा महानगरपालिका १५ नयाँ गाउँस्थित सेती नदीको खोचमा दुर्घटना भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell