PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

विमान दुर्घटनामा ज्यान गुमाएका व्यक्तिको परिवारलाई आवश्यक परामर्शको सुविधा दिन गृहमन्त्रीको निर्देशन



पहिलोपोस्ट

विमान दुर्घटनामा ज्यान गुमाएका व्यक्तिको परिवारलाई आवश्यक परामर्शको सुविधा दिन गृहमन्त्रीको निर्देशन

काठमाडौं : उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले विमान दुर्घटनामा मृतकका परिवारलाई आवश्यक परामर्श दिन सरकारी निकायलाई निर्देशन दिएका छन्। गृहमन्त्रालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको आकस्मिक बैठकमा लामिछानेले बीमाको सहजिकरण गर्न पनि भनेका छन्।

'पोष्टमार्टम, बीमाका प्रावधान आदिमा सहजिकरण गर्ने, दुर्घटनामा मृतकका विक्षिप्त भएका परिवारलाई आवश्यक सूचना तथा जानकारी दिई शव व्यवस्थापन लगायतका चरणहरूमा आवश्यक काउन्सलिङ लगायत सहजीकरण गर्न सरोकारवाला सबैलाई गृहमन्त्री लामिछानेले निर्देशन दिनु भएको छ,' उनको सचिवालयले भनेको छ।

मृतकका परिवारलाई आवश्यक सहजीकरणको लागि विमानस्थलमा र पोष्टमार्टम हुने शिक्षण अस्पतालमा छुट्टै कक्षको व्यवस्था गर्नुपर्ने लामिछानेले बताएका छन्। यती एयरलाइन्सको काठमाडौंबाट पोखराका लागि उडेको थियो। विहान १० वजेर ५० मिनेटमा दुर्घटना भएको विमानमा ६८ जना यात्रु र ४ जना चालक दलका सदस्य सहित ७२ जना सवार थिए। हालसम्म ६९ जनाको शव भेटिएको यती यएरलाइन्सले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell