PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

जहाज दुर्घटनाले शोकाकुल पोखराः जब एम्बुलेन्सको साइरन बज्छ झनै भक्कानिन्छन् आफन्त

जहाज दुर्घटनाले शोकाकुल पोखराः जब एम्बुलेन्सको साइरन बज्छ झनै भक्कानिन्छन् आफन्त

रिना थापा/पहिलोपोस्ट


पोखराः वातावरण अत्यासलाग्दो र शोकाकुल। शव बोकिरहेको एम्बुलेन्स देख्दा आफन्त आत्तिन्थे। आइतबार पोखरामा यती एयरलाइन्सको विमान दुर्घटनामा परेपछि शव उद्दार गरेर पश्चिमाचल क्षेत्रीय अस्पतालमा ल्याउँदै थिए। एम्बुलेन्सको साइरन परबाटै सुनेपछि आफन्तको अनुहार झन मलिन हुन्थ्यो। सम्हालिन खोजेका मृतक परिवारलाई साइरनको आवाजले झन अत्याउँथ्यो। सुरक्षाकर्मीले एक-एक गर्दै मृतकको परिवारलाई शव पहिचान गर्न अनुमति दिएको थियो।

एकजना आफ्न्त भन्दै थिए, 'त्यहाँ भएका ५८ जनाको शव हेरियो त्यसमा कुनै पनि होइन। अझै ल्याउन बाँकी छ। चिन्नै नसक्ने अवस्थामा छन्।'

आइतबार साँझसम्म ६९ जनाको मृत्यु भएको पुष्टि भएको छ। क्रेनको सहयोगले अन्यको खोजी भइरहेको छ। विमानमा सवार ३ जनाको खोजी कार्य अझै बाँकी छ। साँझसम्म २३ जनाको शव सनाखत भएको छ।

कास्की प्रहरीका निमित्त प्रवक्ता ज्ञानबहादुर खड्काका अनुसार अहिलेसम्म २३ जनाको सनाखत भएको जानकारी दिए। विमानमा सवार ७२ जनामध्ये ६९ जनाको शव भेटिएको हो। सनाखत शव आइतबार बिहान १० बजेपछि मात्र परिवारलाई जिम्मा लगाइने जानकारी प्रहरीले दिएको छ।

जिल्ला प्रसासन कार्यालयका अनुसार पहिचान हुन नसकेका शवको डिएनए टेस्टका लागि भोलि नै काठमाडौँ पठाइने छ।

यति एयरलाइन्सको एटिआर जहाज दुर्घटना भएको हो। जहाजमा ६८ जना यात्रु र चालक दलका चार सदस्य सवार थिए। १० बजेर ३३ मिनेटमा उडेको विमान १० बजेर ५५ बजे सेती खोंचमा दुर्घटना भएको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell