PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

विमान दुर्घटनाको शोकमा प्रदेश सभा बैठक स्थगित



पहिलोपोस्ट

विमान दुर्घटनाको शोकमा प्रदेश सभा बैठक स्थगित

जनकपुरधामः मधेश प्रदेशको सोमबार बस्ने भनिएको प्रदेश सभा बैठक स्थगित गरिएको छ। पोखरामा भएको विमान दुर्घटनाको शोकमा सोमबार बस्ने भनिएको बैठक स्थगित गरिएको ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेले जानकारी दिए।

देश शोकको घडीमा रहेकाले बैठक स्थगित गरिएको उनले बताए।

सभामुख चयन मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने कार्यक्रमका लागि बैठक बोलाइएको थियो। स्थगित बैठक मंगलबार बस्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell