PahiloPost

Jun 8, 2025 | २६ जेठ २०८२

पोखरामा भएको विमान दुर्घटनाबाट म मर्माहत भएको छु: मोदी



पहिलोपोस्ट

पोखरामा भएको विमान दुर्घटनाबाट म मर्माहत भएको छु: मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार पोखरामा भएको विमान दुर्घटनाबाट आफू मर्माहत भएको बताएका छन्। आइतबार यती एयरलाइन्सको विमान पोखरामा दुर्घटनाग्रस्त भएको थियो। चालक दलका चारसहित ७२ जना सवार विमानमा १५ विदेशी नागरिक समेत थिए।

हालसम्म ६९ जनाको शव फेला परेको छ। मृत्यु हुनेमा भारतीय नागरिक पनि छन्।

दुर्घटनाप्रति मोदीले शोक व्यक्त गरेका छन्। मोदीले ट्विटरमा भारतीय नागरिकसहित विभिन्न देशका नागरिकको ज्यान जानेगरि भएको दुर्घटनाले मर्माहत भएको बताएका हुन्।

उनले यस दुःखद् घडीमा शोक सन्तप्त परिवारजनलाई धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गरेका छन्।

नेपालस्थित भारतीय दूतावासले पनि दुर्घटनामा परेका नागरिकबारे बुझ्न हटलाइन सेवा सुरु गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell