PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

नेपाली क्रिकेट टोलीले अर्को महिना घरेलु मैदानमा नामिबिया र स्कटल्याण्डसँग एकदिवसीय सिरिज खेल्ने



पहिलोपोस्ट

नेपाली क्रिकेट टोलीले अर्को महिना घरेलु मैदानमा नामिबिया र स्कटल्याण्डसँग एकदिवसीय सिरिज खेल्ने

काठमाडौँ: नेपाली क्रिकेट टोलीले फागुन पहिलो साता घरेलु मैदानमा क्रिकेट विश्वकप लिग २ अन्तर्गतको एकदिवसीय सिरिज खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) क्यानका अनुसार नेपाल, नामिबिया र स्कटल्याण्डबीच फागुन २ गतेदेखि ९ गतेसम्म काठमाडौँमा त्रिकोणात्मक एकदिवसीय सिरिज हुनेछ।

लिग २ मा स्कटल्याण्ड शीर्षस्थानमा रहेको टोली हो। ३२ खेलबाट ४६ अंक जोडेर स्कटल्याण्ड शीर्षस्थानमा रहँदा ओमन ३६ खेलबाट ४४ अंक जोडेर दोस्रो स्थानमा छ। त्यस्तै नामिबिया ३० खेलबाट ३७ अंक जोडेर तेस्रो स्थानमा रहँदा युएसए ३६ खेलबाट ३५ अंक जोडेर चौथो तथा यूएई २६ खेलबाट २७ अंक जोडेर चौथो र पाँचौँ स्थानमा छन्। २४ खेलबाट १८ अंक जोडेको नेपाल छैटौँ स्थानमा छ भने २८ खेलबाट ५ अंक जोडेको नामिबिया अंकतालिकाको पुछारमा छ।

यस्तो छ खेल तालिका

फागुन २ गते - नेपाल भर्सेस नामिबिया

फागुन ३ गते- स्कटल्याण्ड भर्सेस नामिबिया

फागुन ५ गते - नेपाल भर्सेस स्कटल्याण्ड

फागुन ६ गते - नेपाल भर्सेस नामिबिया

फागुन ८ गते- नामिबिया भर्सेस स्कटल्याण्ड

फागुन ९ गते- नेपाल भर्सेस स्कटल्याण्ड



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell