PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

चेल्सीको संघर्षपूर्ण जित



पहिलोपोस्ट

चेल्सीको संघर्षपूर्ण जित
Photo: Reuters

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा चेल्सीले क्रिस्टल प्यालेसमाथि संघर्षपूर्ण जित निकालेको छ। स्टामफोर्ड ब्रिज स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली चेल्सीले क्रिस्टल प्यालेसमाथि १-० गोलको संघर्षपूर्ण जित निकालेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा चेल्सीलाई जित दिलाउन काइ हभर्ट्जले निर्णायक गोल गरे। उनले खेलको ६४ औं मिनेटमा हाकिम जियाचको पासमा निर्णायक गोल गरे।

जितसँगै चेल्सी १९ खेलबाट २८ अंक जोडेर तालिकाको १० औं स्थानमा उक्लिएको छ। आजै सम्पन्न अर्को खेलमा न्युक्यासल युनाइटेडले फुलहमलाई १-० गोलकै साँघुरो जित निकालेको थियो। न्युक्यासलको जितमा अलेक्जेन्डर इसअकले ८९ औं मिनेटमा निर्णायक गोल गरे। त्यसअघि ६९ औं मिनेटमा पाएको पेनाल्टीको अवसरमा फुलहमका अलेक्जेन्डर मित्रोभिच चुकेका थिए। जितसँगै न्युक्यासल १९ खेलबाट ३८ अंक जोडेर तालिकाको तेस्रो स्थानमा उक्लिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell