PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

एकदिवसीय क्रिकेटमा भारतको कीर्तिमानी जित, श्रीलंका ३ सय १७ रनले पराजित



पहिलोपोस्ट

एकदिवसीय क्रिकेटमा भारतको कीर्तिमानी जित, श्रीलंका ३ सय १७ रनले पराजित
Photo: BCCI

भारतले एकदिवसीय अन्तर्राष्ट्रियमा सबैभन्दा फराकिलो अन्तरको कीर्तिमानी जित निकालेको छ। भारत श्रीलंका सिरिज अन्तर्गतको आज सम्पन्न तेस्रो खेलमा भारतले श्रीलंकामाथि ३ सय १७ रनको कीर्तिमानी जित निकालेको हो।

टस जितेर ब्याटिङमा उत्रिएको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३९० रनको विशाल स्कोर खडा गरेको थियो। यसक्रममा भारतका दुई ब्याट्सम्यानले शतकीय पारि खेले। पूर्वकप्तान बिराट कोहलीले सर्वाधिक अविजित १६६ रन बनाउँदा शुभमन गिलले ११६ रन बनाए। त्यस्तै कप्तान रोहित शर्माले ४२ रन बनाउँदा कप्तान रोहित शर्माले ४२ रन बनाउँदा श्रेयस ऐय्यरले ३८ रन बनाए। बलिङतर्फ श्रीलंकाका कसुन रजिथा र लाहिरु कुमाराले समान २ विकेट लिँदा छमिका करुनारत्नेले १ विकेट लिए।

३९१ रनको विशाल लक्ष्य पछ्याएको श्रीलंका २२ ओभरमा ७३ रनमै समेटियो। श्रीलंकाका नुवानिन्दु फर्नान्डोले सर्वाधिक १९ तथा कशुल रजिथाले अविजित १३ र कप्तान दसुन शानकाले ११ रन बनाउनु बाहेक श्रीलंकाका अन्य ब्याट्सम्यान दोहोरो अंकको रन जोड्न असक्षम रहे।

भारतका मोहम्मद सिराजले सर्वाधिक ४ विकेट लिँदा मोहम्मद समी र कुलदीप यादवले समान २ विकेट लिए।

योसँगै सिरिजमा क्लिनस्वीप गरेको भारतले अन्तिम खेलमा फराकिलो जित निकाल्ने क्रममा फराकिलो जितको कीर्तिमान पनि बनाएको छ। यसअघि न्युजिल्याण्डले २००८ मा आयरल्याण्डमाथि निकालेको २९० रनको जित एकदिवसीय अन्तर्राष्ट्रियमा सबैभन्दा फराकिलो जित थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell