PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

टोटेनहमलाई हराएको आर्सनलको शीर्षस्थानमा ८ अंकको अग्रता



पहिलोपोस्ट

टोटेनहमलाई हराएको आर्सनलको शीर्षस्थानमा ८ अंकको अग्रता
Photo: Reuters

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा आर्सनलले टोटेनहमलाई हराएको छ। टोटेनहम हट्स्पर स्टेडियममा सम्पन्न खेलमा आर्सनलले घरेलु टोलीमाथि २-० गोलको जित निकालेको हो।

खेलको १४ औं मिनेटमा बुकायो साकाको क्रसमा टोटेनहमका गोलकिपर ह्युगो लोसिसले आत्मघाती गोल गर्न पुगे। त्यस्तै खेलको ३६ औं मिनेटमा मार्टिन ओडेगार्डले गोल थप्दा आर्सनलले २-० गोलको जित निकाल्न सफल भयो। दोस्रो हाफमा टोटेनहमले केही राम्रा अवसरहरु बनाएर पनि सदुपयोग गर्न असफल रह्यो।

जितसँगै आर्सनलले शीर्षस्थानमा ८ अंकको अग्रता बनाएको छ। १८ खेलबाट आर्सनलको ४७ अंक छ भने दोस्रो स्थानमा म्यानचेस्टर सिटीको समान खेलबाट ३९ अंक छ। तेस्रो र चौथो स्थानमा समान ३८ अंक जोडेका न्युक्यासल र म्यानचेस्टर युनाइटेड रहँदा टोटेनहम ३३ अंक जोडेर तालिकाको पाँचौँ स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell