PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

काबुलमा एक पूर्व महिला सांसदको आफ्नै घरमा गोली हानी हत्या



पहिलोपोस्ट

काबुलमा एक पूर्व महिला सांसदको आफ्नै घरमा गोली हानी हत्या
Photo: GETTY IMAGES

अफगानिस्तानको राजधानी काबुलमा एक पूर्व सांसदको आफ्नै घरमा गोली हानी हत्या गरिएको छ। सो क्रममा उनका अंगरक्षक पनि मारिएको अफगान प्रहरीले जनाएको छ

३२ वर्षीया मुर्सल नबिजादा अगस्ट २०२१ मा तालिबानले सत्ता कब्जा गरेपछि काबुलमै बस्ने केही महिला सांसदहरूमध्ये एक थिइन्। आइतवारको आक्रमणमा उनका भाइ र अर्का सुरक्षा गार्ड घाइते भएका छन्।

पूर्व सहकर्मीहरूले नबिजादालाई ‘अफगानिस्तानकी निडर च्याम्पियन’को रूपमा प्रशंसा गरेका छन्। उनले देश छोड्ने मौका अस्वीकार गरेको पनि उनीहरुले बताएका छन्।

२०२१ मा तालिबान सत्तामा फर्किएपछि सार्वजनिक जीवनका लगभग सबै क्षेत्रबाट महिलाहरूलाई हटाइएको छ। काबुल प्रहरीका प्रवक्ता खालिद जद्रानले सुरक्षा बलहरूले घटनाको गम्भीर अनुसन्धान सुरु गरेको बताए।

पूर्व सांसद मरियम सोलेमानखिलले नाबिजादालाई ‘खतराको सामना गर्दा पनि आफूले विश्वास गरेको कुराको पक्षमा उभिने एक साँचो ट्रेलब्लेजर - सशक्त, स्पष्टवक्ता महिला’को रुपमा प्रसंशा गरिन्।

उनले ट्वीटरमा लेखेकी छिन्, ‘अफगानिस्तान छोड्ने मौका पाए पनि उनले आफ्ना जनताका लागि यहीँ बस्ने र लड्ने निर्णय गरिन्।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell