PahiloPost

May 14, 2025 | १ जेठ २०८२

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राजदूत सोङबिच भेट, राष्ट्रपति सीले पठाए शुभकामना सन्देश



पहिलोपोस्ट

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राजदूत सोङबिच भेट, राष्ट्रपति सीले पठाए शुभकामना सन्देश

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि चिनियाँ राजदुत चेन सोङबिच आज शिष्टाचार भेट भएको छ। प्रचण्डलाई भेट्न सोङ आज बिहानै प्रधानमन्त्री निवास बालुवाटारा पुगेका थिए।

सो भेटका क्रममा सोङले चिनियाँ राष्ट्रपति सी जिनपिङ, प्रधानमन्त्री लि खचियाङ लागयत पदाधिकारीको तर्फबाट प्रचण्डलाई प्रधानमन्त्री नियुक्त भएकोमा बधाई ज्ञापन गरेका थिए। साथे उनले चिनियाँ नयाँ बर्षको शुभकामना सन्देश पनि प्रचण्डलाई हस्तान्तरण गरेका थिए।

सोङसँगको छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले चिनियाँ सहयोग, सद्भाव र भातृत्वको लागी धन्यवाद व्यक्त गरेका थिए। साथै आफ्नो तर्फबाट राष्ट्रपति सीलाई सफलता र प्रगतिको शुभकामना व्यक्त गर।का थिए।

राजदूत सोङले भने नेपालको स्थायित्व, विकास र समृद्धिको बाटोमा सधैं चीन साथमा रहने बताएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell