PahiloPost

May 27, 2026 | १३ जेठ २०८३

बालुवाटारमा चिनियाँ राजदूतसँग भेटेपछि ओलीलाई भेट्न बालकोट पुगे प्रधानमन्त्री प्रचण्ड



पहिलोपोस्ट

बालुवाटारमा चिनियाँ राजदूतसँग भेटेपछि ओलीलाई भेट्न बालकोट पुगे प्रधानमन्त्री प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग वार्ताका लागि बालकोट पुगेका छन्।

प्रचण्डले संसदबाट विश्वासको मत लिइसके पनि मन्त्रिपरिषद् विस्तार गर्न सकिरहेका छैनन्। त्यसैको सिलसिलामा वार्ता गर्नका लागि प्रधानमन्त्री आज ओली निवासमा पुगेका हुन्।

नेपालका लागि चिनियाँ राजदुत चेन सोङसँग बालुवाटारमा आज शिष्टाचार भेट गरेपछि प्रचण्ड बालकोट पुगेका हुन्।

मन्त्रिपरिषद् विस्तारको विषयलाई लिएर दुई नेताबिच छलफल हुँदै आएको छ। बालकोट वार्तामा सभामुख निर्वाचन लगायतका विषयमा पनि छलफल हुने बताइएको छ।  

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell