A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.69966bb07b0e01.32943713): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.69966bb07b0e01.32943713,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.69966bb1c2ab74.17454259): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.69966bb1c2ab74.17454259,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

पोखरा विमान दुर्घटना : २६ जनाको सनाखत, शव आफन्तको जिम्मा लगाइँदै
PahiloPost

Feb 19, 2026 | ७ फागुन २०८२

पोखरा विमान दुर्घटना : २६ जनाको सनाखत, शव आफन्तको जिम्मा लगाइँदै



रासस

पोखरा विमान दुर्घटना : २६ जनाको सनाखत, शव आफन्तको जिम्मा लगाइँदै

पोखरा : आइतवार अकल्पनीय दुर्घटनामा परेको यति एयरलायन्सको जहाजमा सवार यात्रुमध्ये २६ जनाको सनाखत भएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता ज्ञानबहादुर खड्काले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६७ जनाको शव लगिएको र ती मध्ये हालसम्म २६ जनाको पहिचान खुलेको जानकारी दिए।

पहिचान खुलेका शव जिम्मा लगाउनका लागि आफन्तलाई बोलाइएको उनले जानकारी दिए। बिहानैदेखि पोखराको मौसम प्रतिकूल भइरहेका कारण पनि खोजी कार्यमा कठिनाइ भएको छ।

विमान दुर्घटनामा निधन भई पहिचान भएका व्यक्तिको शव आजदेखि आफन्तलाई जिम्मा लगाइँदै छ। दुर्घटनामा मृत्यु भएका व्यक्तिका पहिचान भएका शवहरू बिहान ९ बजेदेखि आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित परिवारलाई बुझाउन सुरु गरिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिए।

पहिचान नभएका, विदेशी नागरिक एवं काठमाडौंमा आफन्त भएका व्यक्तिको शव हेलिकप्टरमार्फत पठाउने तयारी गरिएको छ। जहाजमा सवार ७२ जनामध्ये हालसम्म ६७ जनाको शव सङ्कलन गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिसकिएको छ।

तीनवटा शव देखिए पनि भौगोलिक कठिनाइका कारण ल्याउन नसकिएको र अन्यको शव अझै फेला नपरेको सहायक प्रजिअ शाहीले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell