PahiloPost

May 27, 2026 | १३ जेठ २०८३

यती एयरको विमान दुर्घटना : शव सनाखत गर्न काठमाडौंबाट स्वास्थ्यकर्मीको टोली जाँदै, हराएका यात्रुको खोजी जारी



पहिलोपोस्ट

यती एयरको विमान दुर्घटना : शव सनाखत गर्न काठमाडौंबाट स्वास्थ्यकर्मीको टोली जाँदै, हराएका यात्रुको खोजी जारी

काठमाडौं : आइतवार पोखरामा दुर्घटना परेको यती एयरलायन्सको जहाजमा सवार ४ जना यात्रुको खोजी भइरहेको छ। नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी लगायतको टोलीले खोजी गरिहरेको छ। त्यस्तै फेला परेका ६८ वटा शवको सनाखत भइरहेको छ। अहिलेसम्म २६ वटा शवको पहिचान भइसकेको छ।

त्यस्तै शवको पहिचान, पोस्टमार्टको लागि काठमाडौंबाट स्वास्थ्य मन्त्रालयको टोली पनि पोखरा आइरहेको जिल्ला प्रशासन कार्यालय कास्कीका सिडिओ टेकबहादुर केसीले जानकारी दिए।

'हराएकाहरुको खोजी र शवको सनाखत हुने काम भइरहेको छ। काठमाडौंबाट पनि स्वास्थ्यकर्मीको टोली आइरहनु भएको छ,' सिडिओ केसीले भने।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६८ जनाको शव लगिएको र ती मध्ये हालसम्म २६ जनाको पहिचान खुलेको केसीले जानकारी दिए। पहिचान खुलेका शव जिम्मा लगाउनका लागि आफन्तलाई बोलाइएको उनले जानकारी दिए। विदेशी नागरिक, सनाखत नभएका र आफन्त परिवार काठमाडौं भएका शवलाई भने काठमाडौं ल्याइने तयारी भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell