PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

सविन र रीमाको मुख्य भूमिकामा फिल्म 'सिड्नी' बन्ने घोषणा



पहिलोपोस्ट

सविन र रीमाको मुख्य भूमिकामा फिल्म 'सिड्नी' बन्ने घोषणा

काठमाडौं : सविन श्रेष्ठ र रीमा विश्वकर्माको मुख्य भूमिकामा फिल्म ‘सिड्नी’ बन्ने घोषणा भएको छ। काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा फिल्मको औपचारिक घोषणा गरिएको हो।

देवकुमार श्रेष्ठको निर्देशनमा बन्ने यस फिल्ममा अन्य कलाकारहरुको भने टुंगो लाग्न सकेको छैन।

यस फिल्मले अष्ट्रेलियाको सिड्नी पुगेर बाँचेका नेपालीहरुको कथालाई समेटनेछ। फिल्मको कथा भने युगलध्वज कार्कीले लेखेका हुन।अम्बर रसाइली प्रस्तुतकर्ता रहेको फिल्मको निर्माता चोलाबहादुर आचार्य र भीमराज रसाइली हुन्।

ओ माइ गड इन्टरटेनमेन्ट र आचार्य ब्रदर्सको ब्यानरमा निर्माण हुने फिल्मलाई नेपाल र अष्ट्रेलियामा सुटिङ गरिनेछ। वैशाख महिनादेखि छायाङ्कन सुरु गर्ने निर्माण टिमको योजना छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell