PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

सेती खोंचमा खसेको विमानमा रहेका ३५ जनाको सनाखत, पोस्टमार्टममा समय लाग्ने



पहिलोपोस्ट

सेती खोंचमा खसेको विमानमा रहेका ३५ जनाको सनाखत, पोस्टमार्टममा समय लाग्ने

पोखरा : आइतबार यति एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाउने ३५ जनाको शव सनाखत भएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रवक्ता ज्ञानबहादुर खड्काका अनुसार अहिलेसम्म ३५ जनाको शव सनाखत भएको हो।

विमानमा सवार ७२ जनामध्ये ६८ जनाको शव पश्चिमाञ्चाल क्षेत्रीय अस्पताल लगिएको छ। बाँकी ४ जनाको खोजी कार्य जारी छ।

सेती खोंचबाट सङ्कल गरिएका शव अस्पताल पुर्‍याइए पनि शवलाई परिवारको जिम्मा लगाउन केही समय लाग्ने भएको छ। शव पोष्टमार्टमका लागि समिती गठन गरिएको छ। काठमाडौंबाट पनि चिकित्सकको टोली पोखरा आउँदै छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell