PahiloPost

Jun 28, 2025 | १४ असार २०८२

क्रिटिक्स च्वाइस अवार्डमा 'आरआरआर' उत्कृष्ट विदेशी फिल्म घोषित, कसले कुन अवार्ड जिते?



पहिलोपोस्ट

क्रिटिक्स च्वाइस अवार्डमा 'आरआरआर' उत्कृष्ट विदेशी फिल्म घोषित, कसले कुन अवार्ड जिते?
Photo Reuters

क्रिटिक्स च्वाइस अवार्डको २८ औं संस्करणमा दक्षिण भारतीय फिल्म ‘आरआरआर’  उत्कृष्ट घोषित भएको छ।सोमबार बिहान अमेरिकाको लस एन्जलसमा भएको समारोहमा ‘आरआरआर’ ले उत्कृष्ट विदेशी भाषी फिल्मको अवार्ड जितेको हो।

एसएस राजामौली निर्देशित यस फिल्मले अर्को विधामा समेत अवार्ड जित्न सफल भयो। ‘आरआरआर’ को ‘नाटु नाटु’ बोलको गीत क्रिटिक्स च्वाइसमा उत्कृष्ट मौलिक गीत घोषित भयो।  

फिल्म ‘आरआरआर’ लाई एकपछि अर्को सफलता मिलिरहेको छ। यसअघि पनि ‘नाटु नाटु’ गीतले गोल्डेन ग्लोब्स ‘बेस्ट ओरिजिनलन गीत’ को उपाधि जितिसकेको छ। साथै यो गीत अस्कर अवार्डमा ‘ओरिजिनल सङ’ विधाको सर्टलिस्टमा परेको छ।

यस वर्षको क्रिटिक्स च्वाइसमा ‘एभ्रिथिङ एभ्रिह्वेयर अल एट वन्स’ उत्कृष्ट फिल्म घोषित भएको छ। साथै यस फिल्मले उत्कृष्ट निर्देशक, सम्पादन, मौलिक पटकथा र सहायक अभिनेता विधामा समेत अवार्ड जितेको छ।  

कुन फिल्मले कुन अवार्ड जिते?

उत्कृष्ट फिल्म: एभ्रिथिङ एभ्रिह्वेयर अल एट वन्स

उत्कृष्ट अभिनेत्री : केट ब्लान्चेट (टार)

उत्कृष्ट अभिनेता : ब्रेन्डन फेजर (द व्हेल)

उत्कृष्ट निर्देशक : डेनियल क्वान र ड्यानियल सिइनर्ट (एभ्रिथिङ एभ्रिह्वेयर अल एट वन्स)

उत्कृष्ट ड्रामा सिरिज : बेटर कल सउल (एएमसी)

उत्कृष्ट लिमिटेड सिरिज : द ड्रपआउट (हुलु)

उत्कृष्ट युवा अभिनेता : ग्याब्रियल लाबेले (द फेबेलम्यान्स)

उत्कृष्ट कमेडी : ग्लास ओनिअन– अ नाइभ्स आउट मिस्ट्रि (नेटफ्लिक्स)

उत्कृष्ट अभिनेत्री ड्रामा सिरिज : जेन्डाया – युफोरिया (एचबीओ)

उत्कृष्ट भिजुअल इफेक्ट : अवतार द वे अफ वाटर

उत्कृष्ट सम्पादन : एभ्रिथिङ एभ्रिह्वेयर अल एट वन्स – पल रोजर्स

उत्कृष्ट प्रोडक्सन डिजाइन : बेबीलोन

उत्कृष्ट छायांकन : क्लाउडियो मिरान्डा (टपगन माभेरिक)

उत्कृष्ट गीत : नाटु नाटु (आरआरआर)

उत्कृष्ट मौलिक कथा : एभ्रिथिङ एभ्रिह्वेयर अल एट वन्स

उत्कृष्ट विदेशी भाषी फिल्म : आरआरआर

उत्कृष्ट हेयर एण्ड मेकअप : एल्भिस (वार्नर ब्रोज)

उत्कृष्ट सहायक अभिनेता :के हुआ क्वान (एभ्रिथिङ एभ्रिह्वेयर अल एट वन्स)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell