PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

'छक्का पञ्जा ४' को छायाङ्कन सकियो



पहिलोपोस्ट

'छक्का पञ्जा ४' को छायाङ्कन सकियो

काठमाडौं : फिल्म ‘छक्का पञ्जा ४’ को छायाङ्कन सकिएको छ। काभ्रेको पनौतीमा आइतवार फिल्मको सुटिङ 'इन्डक्याल्प' गरिएको फिल्मका मुख्य कलाकार दीपकराज गिरीले जानकारी दिए।

दुई सेड्युलमा तय गरिएको यस फिल्मको छायाङ्कन दुई महिनामा पुरा भएको हो। निर्माता समेत रहेका दीपकले अब आफूहरु पोस्टप्रोड्क्सनसँगै प्रचारप्रचारमा लाग्ने बताए।

फिल्ममा दीपकका साथै दीपाश्री निरौला, बेनिशा हमाल, मलिना जोशी, केदार घिमिरे (माग्रे बुढा),निर शाह, निर्मल शर्मा, राज आचार्यलगायतका कलाकारहरूको अभिनय छ।

आमा सरस्वती मुभिजको ब्यानरमा बनेको फिल्मको प्रस्तुतकर्ता दीपक-दीपा हुन्। फिल्मका कार्यकारी निर्माता केदारप्रसाद घिमिरे र निर्मल शर्मा हुन्। हेमराज बिसीको निर्देशन रहेको यो फिल्म फागुन १९ गते प्रदर्शन हुनेछ।

सोही मितिमा अनमोल केसी अभिनित ‘छड्के २’ र सुरज पाण्डेको ‘परस्त्री’ ले पनि प्रदर्शन मिति घोषणा गरिसकेका छन्। यी तिनै फिल्मले तोकिएको मितिबाट नहट्ने दाबी गरिरहेका छन्। तर, क्युएफएक्सले भने एउटै ठूलो फिल्म रिलिज गर्ने नियम लागु गर्दै आफ्नो वेबसाइटमा 'छक्का पञ्जा ४' लाई मात्रै चाँडै रिलिज हुने फिल्मको सूचीमा राखेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell