PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

ओलीसँगको छलफलपछि प्रचण्डले भने : मन्त्रिपरिषद् विस्तार आजै, सरकारलाई समर्थन गर्ने दलको बैठक भोलि



पहिलोपोस्ट

ओलीसँगको छलफलपछि प्रचण्डले भने : मन्त्रिपरिषद् विस्तार आजै, सरकारलाई समर्थन गर्ने दलको बैठक भोलि

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै मन्त्रिपरिषदले पूर्णता पाउने बताएका छन्। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलपछि प्रचण्डले मन्त्रिपरिषद् विस्तार हुने बताएका हुन्। 

बिहानै बालकोटमा पुगेका उनी र ओलीबिच लामै समय यस विषयमा छलफल भएको थियो। बालकोटबाट फर्कने क्रममा संक्षिप्त प्रतिक्रिया दिएका प्रचण्डले भोलि विश्वासको मत दिने दलहरुसँग छलफल हुने बताए।

'आजै टुंगिन्छ। भोलि विश्वासको मत दिने पार्टीहरुको मिटिङ छ,' प्रचण्डले भने।

पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले पुस २६ गते विश्वासको मत लिएका थिए। उनलाई २६८ जनाको समर्थन छ। नेपाली कांग्रेसले पनि समर्थन गरेपछि सत्ता गठबन्धनमा राष्ट्रपति र सभामुख जस्ता पदहरु बाँडफाँटमा आशंका पैदा भएको छ। प्रचण्ड प्रधानमन्त्री बन्दा राष्ट्रपति र सभामुख एमालेले लिने र प्रधानमन्त्रीमा आलोपालो गर्ने सहमति भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell