PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

यती एयरलाइन्स विमान दुर्घटना : हराएकामध्ये एक जनाको शव भेटियो, अस्पताल लग्ने तयारी



पहिलोपोस्ट

यती एयरलाइन्स विमान दुर्घटना : हराएकामध्ये एक जनाको शव भेटियो, अस्पताल लग्ने तयारी

काठमाडौं : पोखरामा आइतवार बिहान भएको यती एयरलाइन्सको विमान दुर्घटनामा बेपत्ता भएका थप एक जनाको शव फेला परेको छ।

सशस्त्र प्रहरी बलको गोताखोरले शव पानीबाट निकालेको हो। पानीबाट निकालेको शवलाई अस्पताल लैजाने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ। सशस्त्र प्रहरी बलका सहप्रवक्ता नायब उपरीक्षक शैलेन्द्र थापाले थप एक जनाको शव भेटिएको जानकारी दिए।

अहिले अस्पतालमा ६८ वटा शव राखेर सनाखत गर्ने काम भइरहेको छ। जसमा ३८ जनाको सनाखत भइसकेको छ।

त्यस्तै, हराएका बाँकी तीन जनाको खोजी भइरहेको छ। आइतवार यती एयरलाइन्सको विमान दुर्घटना हुँदा चालकदलका चारजनासहित ७२ जनाको मृत्यु भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell