PahiloPost

May 27, 2026 | १३ जेठ २०८३

मन्त्रालयको भागबन्डा टुंग्याउन उच्चस्तरीय संयन्त्रको बैठकमा छलफल हुने



पहिलोपोस्ट

मन्त्रालयको भागबन्डा टुंग्याउन उच्चस्तरीय संयन्त्रको बैठकमा छलफल हुने

काठमाडौं : आज उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच बालकोटमा सोमवार लामो छलफल भएपछि बैठक बोलाइएको हो।

आजै अपरान्ह ५ बजेका लागि बैठक बोलाइएको हो। उच्चस्तरीय संयन्त्रको संयोजक एमाले अध्यक्ष ओली हुन्। 

प्रचण्डले बालकोटबाट फर्कनेक्रममा आजै मन्त्रिपरिषद विस्तारको टुंगो लाग्ने बताएका थिए।

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बाँकी रहेका कार्यसूचीमाथि गृहकार्य भएको बताएका छन्।

'बाँकी रहेका जे जस्ता कार्यसूचीहरु छन् त्यसको गृहकार्य भएको छ,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell