
बुटवल : १४ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा रुपन्देही प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
आइतबार दिउँसो बालिकालाई डरत्रास देखाइ जबर्जस्ती करणी गरेको जाहेरी परेपछि सोमबार मर्चवारी गाउँपालिका-४ का २६ वर्षीय एक युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक दिपक कुँवरले जानकारी दिए।
सोमबार सार्वजनिक विदा परेकाले मंगलबार अदालतबाट म्याद थप गरि थप अनुसन्धान गरिने उनले बताए।