PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

फोटो स्टोरी : सेती खोंचबाट सोमबार सेनाले यसरी निकाल्यो तीन जनाको शव

फोटो स्टोरी : सेती खोंचबाट सोमबार सेनाले यसरी निकाल्यो तीन जनाको शव

प्रवीण रानाभाट/पहिलोपोस्ट


पोखरा : सोमवार बिहानैबाट नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी ४ जना यात्रीको खोजीमा थिए। केहीबेर अघिमात्र यहाँ खटिएका सुरक्षा टोलीले तीन जनाको शव फेला पारेको छ।

सेती खोंचमा भेटिएको शव प्लास्टिको बोरामा पोको पार्दै डोरीको प्रयोग गरी माथि तानिएको छ।

आइतवार काठमाडौंबाट उडेको यती एयरको एटीआर ७२ विमान पोखरा विमानस्थलमा अवतरण गर्नुअघि सेती खोंचमा खसेको थियो। घटनालगत्तै खोजी तथा उद्धार कार्यमा नेपाली सेनादेखि प्रहरीसम्म खटिएका थिए। चालकदलका सदस्यसहित ७२ जना सवार रहेको विमान दुर्घटनापछि आइतवार राति ६८ जनाको शव भेटिएको थियो।

बाँकी खोज स्थगित गरी सोमवार बिहानबाट सुरक्षा दस्ता खोजीमा जुटेका थिए। एक जना यात्रु नभेटिँदा खोज अझै पुरा भएको छैन।

चिसो खोंचमा बेपत्ता यात्रु भेटिने आशमा सुरक्षादस्ता अझै खटिरहेका छन्। यात्रुका परिवार भने पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पुगेका छन्। उनीहरु आफ्नो परिवारको सदस्यको चाँडो पोस्टमार्टम हुनुपर्ने भन्दै गुनासो गरिरहेका छन्।

 



ट्रेन्डिङ पोस्ट

Ncell