PahiloPost

May 14, 2025 | १ जेठ २०८२

बालुवाटारमा ५ दलको बैठक, मन्त्रिपरिषद् विस्तार कतिबेला?



पहिलोपोस्ट

बालुवाटारमा ५ दलको बैठक, मन्त्रिपरिषद् विस्तार कतिबेला?

काठमाडौं : प्रधानमन्त्री निवास बालुवाटारमा ५ दलको बैठक जारी छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई उनकै निवास बालकोटमा भेटेपछि उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाइएको थियो। बैठकले मन्त्रिपरिषद बिस्तारबारे टुंगो लगाउने उपप्रधान तथा गृहमन्त्री विष्णु पौडेलले बताएका थिए। दाहालले पनि आजै मन्त्रिपरिषद बिस्तारको टुंगो लाग्ने बताएका थिए।

बालुवाटारको बैठकमा सत्ता गठबन्धनमा रहेका ५ दलमात्रै सहभागी रहेको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ। प्रधानमन्त्री दाहाल, ओली, रास्वपाका सभापति एवं गृहमन्त्री रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन र जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवबिच छलफलमा जुटेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell