PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

माइतीघरको शोक सभामा सरकारी कर्मचारीकै प्रश्न : बिदा कसलाई, थोत्रा जहाज कि सार्वजनिक सेवालाई?

माइतीघरको शोक सभामा सरकारी कर्मचारीकै प्रश्न : बिदा कसलाई, थोत्रा जहाज कि सार्वजनिक सेवालाई?

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : आइतवार पोखरामा यती एयरलाइन्सको विमान दुर्घटनाग्रस्त भयो। उक्त दुर्घटनामा परी ६९ जनाको मृत्यु भएको पुष्टि भएको छ। नेपाली सेनाका अनुसार ७१ जनाको शव भेटिसकेको छ भने एक जना अझै बेपत्ता छन्। एटीआर ७२ विमान दुर्घटनाको शोक मनाउन सरकारले सोमवार सार्वजनिक बिदा दियो।

उक्त घटनामा दिवंगत भएकालाई श्रद्धाञ्जली दिन काठमाडौंको माइतीघरमा शोक सभा आयोजना गरियो। एकीकृत कर्मचारी संगठन नेपालले आयोजना गरेको शोक सभामा मैनबत्ती बाल्दै दिवंगको आत्मको चिर शान्तिको कामना गरिएको थियो। शोक सभामा भेला भएकाहरुले सरकारले दिएको बिदामाथिसमेत आक्रोश पोखेका थिए। उनीहरुले बिदा कसलाई? थोत्रा जहाज कि सार्वजनिक सेवालाई? लेखिएको प्ले कार्ड प्रदर्शन गर्दै सरकारको कदमको विरोध जनाएका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell