PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

हाइड्रोजन ग्यास भर्ने क्रममा सिलिन्डर पड्किँदा एक जनाको मृत्यु



पहिलोपोस्ट

हाइड्रोजन ग्यास भर्ने क्रममा सिलिन्डर पड्किँदा एक जनाको मृत्यु

बुटवल : कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ चौहवामा बेलुनमा भर्ने हाइड्रोजन ग्यास सिलिण्डर पड्किँदा एक जनाको मृत्यु भएको छ।

बाणगंगामा सोमबारदेखि सुरु भएको चौथो माघी महोत्सवमा बेलुनमा ग्यास भर्नेक्रममा सिलिण्डर पड्किएर बाणगंगा–८ बालापुर बस्ने ६५ वर्षीय नासिर मोहम्मदको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

घटनामा घाइते भएका मृतकका छोरा २५ वर्षीय साहिलको कपिलवस्तु सामुदायिक अस्पताल ४ नम्बर जितपुरमा उपचार भइरहेको छ। नासिरको शवलाई पोष्टमार्टमका लागि कपिलवस्तु अस्पताल तौलिहवा पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी शैलेश्वरी बोहराले जानकारी दिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell