PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

सत्ता गठबन्धनबीच मन्त्रालय बाँडफाँटमा सहमति, मंगलबार मन्त्रीहरुको शपथ



पहिलोपोस्ट

सत्ता गठबन्धनबीच मन्त्रालय बाँडफाँटमा सहमति, मंगलबार मन्त्रीहरुको शपथ

काठमाडौंः सत्ता गठबन्धन दलबीच मन्त्रालय बाँडफाँटको टुंगो लागेको छ। मंगलबार १ बजे मन्त्रीहरुको शपथ गर्नेगरि मन्त्रालय बाँडफाँट भएको गृहमन्त्री रवि लामिछानेले बताए। 

सरकारमा आवद्ध नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टीबीच मन्त्रालय बाँडफाँटमा सहमति भएको छ। तर, मंगलबार १ बजेको शपथअघि मन्त्रीको नामसहित समझदारीलाई अन्तिम रुप दिने निर्णय भएको लामिछानेले बताए। 

सहमति अनुसार एमालेले ८ मन्त्रालय र थप दुई राज्यमन्त्री पाउने भएको छ। माओवादी केन्द्रका तर्फबाट थप चार मन्त्री थपिनेछन्। यस्तै, स्वतन्त्र पार्टीले दुई मन्त्री र एक राज्यमन्त्री पाएको छ। भने, राप्रपाले तीन मन्त्रालय पाएको छ। राप्रपाले उपप्रधानसहित तीन मन्त्रालय पाएको हो। जसपाले दुई मन्त्रालय पाउने सहमति भएको छ। 

मन्त्रालय बाँडफाँटसँगै मंगलबार १ बजे मन्त्रीहरुको शपग हुने दाबी पनि गृहमन्त्री लामिछानेले गरेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell