PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

पोखरा विमान दुर्घटना : शव काठमाडौं पठाइँदै



रासस

पोखरा विमान दुर्घटना : शव काठमाडौं पठाइँदै

पोखरा : आइतवार पोखरामा यती एयरलायन्सको जहाज दुर्घटनामा परी मृत्यु भएका केही व्यक्तिको शव आज काठमाडौं पठाउने तयारी गरिएको छ।

शवको पहिचान गरी पोखरा र आसपासका व्यक्तिको शव यही नै आफन्तलाई बुझाउनका लागि सोमवारदेखि नै शव परीक्षण गर्न थालिएको छ। चिन्न नसकिने अवस्थाका, काठमाडौंसहित आसपासका,  विदेशी नागरिक एवं चालक दलका सदस्यको शव आज पठाउने तयारी गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए।

‘हालसम्म पहिचान भएका २०-२२ जनाको शव यही नै आफन्तलाई बुझाउने गरी परीक्षण भइरहेको छ’, उनले भने, ‘अन्य शव लैजानका लागि हेलिकप्टर सोमवार नै पोखरा आइसकेको छ,’ शव पहिचान गर्ने काम पनि भइरहेको र मौसम पनि चिसो रहेका कारण आजै बिहान १०-११ बजेतिर काठमाडौं पठाइने प्रजिअ केसीले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell