PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

वाग्मतीका मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिँदै



पहिलोपोस्ट

वाग्मतीका मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिँदै

हेटौंडा : वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मंगलवार प्रदेशसभामा विश्वासको मत लिँदैछन्। संविधानको धारा १८६ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएको व्यक्तिले एक महिनाभित्र सदनमा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।

सोही व्यवस्थाअनुसार मुख्यमन्त्री जम्कट्टेलले मंगलवार प्रदेशसभामा विश्वासको मत लिन लागेका हुन्। मंगलवार दिउँसो साढे १२ बजे मुख्यमन्त्रीको विश्वासको मतको लागि प्रदेशसभा बैठक बोलाइएको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए।

जम्कट्टेल गत पुस २५ गते वाग्मती प्रदेशको चौथो मुख्यमन्त्रीमा नियुक्त भएका थिए। उनले पुस २६ गते प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष पद तथा गोपनीयताको शपथग्रहण गरेका थिए।

उनी प्रदेशसभाको पाँच दलको समर्थनमा मुख्यमन्त्री बनेका हुन्। उनलाई मुख्यमन्त्रीमा नेकपा एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३, नेकपा (एकीकृत समाजवादी)का सात र हाम्रो नेपाली पार्टीका २ गरी ७० सांसदको समर्थन छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell