PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

स्वतन्त्र पार्टीले तय गर्‍यो मन्त्री बन्नेहरुको नाम : खनालले शिक्षा पाउँदा अर्याललाई श्रमको जिम्मेवारी, तोसिमा राज्यमन्त्री बन्ने



पहिलोपोस्ट

स्वतन्त्र पार्टीले तय गर्‍यो मन्त्री बन्नेहरुको नाम : खनालले शिक्षा पाउँदा अर्याललाई श्रमको जिम्मेवारी, तोसिमा राज्यमन्त्री बन्ने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले मन्त्री बनाउने सांसदहरुको नाम तय गरेको छ।

गठबन्धनमा भएको भागबन्डा अनुसार रास्वपाले ३ मन्त्री र एक राज्यमन्त्री पाएका छ। जस अनुसार पार्टी सभापति रवि लामिछाने उपप्रधान एवम् गृहमन्त्री बनिसकेका छन्।

रास्वापाले शिक्षा र श्रम मन्त्रालय पाउने भएको छ। पार्टीले शिक्षा मन्त्रीमा शिशिर खनाललाई जिम्मेवारी दिन लागेको छ। त्यस्तै श्रम मन्त्रीको जिम्मेवारी भने डोलप्रसाद अर्यालले पाउने भएका छन्। टिच फर नेपालका संस्थापक खनाल काठमाडौं क्षेत्र नम्बर ६ बाट विजयी सांसद हुन्। त्यस्तै वैदेशिक रोजगारसँग सम्बन्धित व्यवसायमा संलग्न हुँदै आएका डोलप्रसाद अर्याल समानुपातिका सांसद हुन्। अर्याल इजीलिंक रेमिट्यान्सका सिइओ हुन्।

रास्वपाले स्वास्थ्य राजमन्त्री पनि पाएको छ। डाक्टर तोसिमा कार्की स्वास्थ्य राज्य मन्त्री बन्ने पक्का भएको छ। कार्कीले ललितपुर क्षेत्र नम्बर ३ बाट सांसद बनेकी हुन्।

रास्वापाले प्रतिनिधिसभाको उपसभामुख पदसमेत पाउने भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell