PahiloPost

Jun 29, 2025 | १५ असार २०८२

तेस्रो पटक निर्वाचन हुँदा सुदूरपश्चिमको सभामुखमा भण्डारी निर्वाचित



पहिलोपोस्ट

तेस्रो पटक निर्वाचन हुँदा सुदूरपश्चिमको सभामुखमा भण्डारी निर्वाचित

कैलाली : सुदूरपश्चिम प्रदेश सभाको सभामुखमा भीम भण्डारी निर्वाचित भएका छन्। माओवादी केन्द्रबाट प्रदेश सभा सदस्य रहेका भण्डारीलाई गठबन्धनले साझा उम्मेदवार बनाएको थियो।

नेपाली कांग्रेसका उम्मेदवार तथा प्रदेश सभाका जेष्ठ सदस्य मानबहादुर रावललाई ८ मतले पराजित गरि भण्डारी सभामुखमा निर्वाचित भएका हुन्।

रावलले २० मत पाउँदा भण्डारीले २८ मत पाए।

बिहीबार,शनिबार र आज गरि प्रदेशसभामा तीन पटक सभामुख पदका लागि निर्वाचन भएको हो। तेस्रोपटकको प्रयासमा भण्डारी निर्वाचित भएका हुन्। यस अघि सम्पन्न दुई निर्वाचनमा भने दुवै उम्मेदवार बहुमत पुर्‍याउन असफल भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell