
हेटौंडा : वाग्मती प्रदेशकी नवनिर्वाचित उपसभामुख अपसरा चापागाँईलाई आज शपथ ग्रहण गरेकी छिन्। सभामुख भुवन कुमार पाठकले प्रदेश प्रमुखको कार्यालयमा चापागाँईलाई शपथ दिलाएका हुन्।
वाग्मती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्मा , मुख्यमन्त्री शालिकराम जम्मकट्टेल, पुर्व मुख्यमन्त्री डोरमणि पौडेल, मन्त्रीहरु र प्रदेशसभाका सदस्यको शपथ ग्रहण समारोहमा उपस्थिति रहेको थियो।
उपसभामुख चापागाइले आजै पदभार ग्रहण गर्नेछिन् ।