PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

सुन तोलामा सय रुपैयाँ घट्यो



पहिलोपोस्ट

सुन तोलामा सय रुपैयाँ घट्यो

काठमाडौंः सुनचाँदीको मूल्यमा मंगलबार सामान्य गिरावट भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा एक सय रुपैयाँले घटेको छ भने चाँदी तोलामा १० रुपैयाँ घटेर कारोबार मूल्य निर्धारण भएको छ।

मंगलबार सुन प्रतितोला १ लाख ५ हजार १ सय रुपैयाँ छ। तोलामा २ सय बढ्दा सोमबार १ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। गत पुस सुरुवातदेखि तोलाको एक लाखभन्दा माथि उक्लिएको सुनको मूल्य अपेक्षाकृतरूपमा घटेको छैन।चाँदी प्रतितोला १३ सय ९० रुपैयाँ छ। यो अघिल्लो दिनका तुलनामा तोलामा १० रुपैयाँ घटेर घटेर कायम भएको मूल्य हो। साताको पहिलो दिनका तुलनामा १० रुपैयाँ बढ्दा सोमबार प्रतितोला १४ सय रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस १९०९.८६ डलर र चाँदी प्रतिऔंस २४. १३ डलरमा कारोबार भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell