
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा लिङ्देनले उपप्रधानमन्त्री एवम् उर्जा मन्त्रीको जिम्मेवारी पाउने भएका छन्।
राप्रपाले गठबन्धन सरकारमा ३ मन्त्रीसहित एक राज्यमन्त्री पाएको छ। ध्रुवबहादुर प्रधान कानुनमन्त्री बन्ने भएका छन्। यस्तै, विक्रम पाण्डे शहरी विकास मन्त्री बन्ने भएका छन्।