PahiloPost

Apr 29, 2026 | १६ बैशाख २०८३

हेलिकप्टरबाट काठमाडौं पठाइयो सेती खोंचमा दुर्घटना भएर मृत्यु भएकाहरुको शव

हेलिकप्टरबाट काठमाडौं पठाइयो सेती खोंचमा दुर्घटना भएर मृत्यु भएकाहरुको शव

प्रवीण रानाभाट/पहिलोपोस्ट


पोखरा : सेती खोंचमा दुर्घटना भएको विमानमा रहेका ४८ जनाको शव काठमाडौं पठाइएको छ। शवलाई पोखरास्थित पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा राखिएको थियो। आज शवलाई हेलिकप्टरबाट काठमाडौं पठाइएको हो।

काठमाडौंको शिक्षण अस्पतालमा ती शवहरुको पोष्टमर्टम गरिनेछ।

पोखरा अस्पतालमा हालसम्म १८ जनाको सनाखत भइसकेको छ। ३ वटा शवको मात्र पोष्टमर्टम सम्पन्न भएको छ।

हिजो एक ठाउँमा मात्रै पोष्टमर्टम गरिएकोमा आज ३ ठाउँमा पोष्टमर्टम गरिँदैछ। पोखरामा नै पोष्टमर्टम गरिएका शवहरुलाई सबै प्रक्रिया पुर्‍याएर आफन्तलाई हस्तान्तरण गरिनेछ।



ट्रेन्डिङ पोस्ट

Ncell