PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

नवनियुक्त उपप्रधानमन्त्री र मन्त्रीहरुले लिए शपथ



पहिलोपोस्ट

नवनियुक्त उपप्रधानमन्त्री र मन्त्रीहरुले लिए शपथ

काठमाडौं : नवनियुक्त मन्त्रीहरुले आज पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरुलाई शपथ दिलाएकी हुन्।

शीतल निवासमा आयोजित कार्यक्रममा भण्डारीले उपप्रधान एवम् उर्जा मन्त्री राजेन्द्र लिङ्देनलाई शपथ दिलाएकी हुन्। यस्तै, उनले अन्य ११ जना मन्त्रीलाई पनि शपथ दिलाइन्।

नेकपा एमालेबाट विमला राई पौडेल, पदम गिरी, भगवती चौधरी र हरि उप्रेतीले शपथ लिए भने माओवादीबाट रेखा शर्मा, सुदन किराँती र अमनलाल मोदीले शपथ ग्रहण गरे।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल र डोलप्रसाद मन्त्री भए भने राष्ट्रिय प्रजातन्त्रिक पार्टी (राप्रपा) बाट ध्रुवबहादुर प्रधान र विक्रम पाण्डेले  शपथ लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell