PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

वाग्मतीमा कांग्रेसले माओवादीका जम्कट्टेललाई विश्वासको मत दिने



पहिलोपोस्ट

वाग्मतीमा कांग्रेसले माओवादीका जम्कट्टेललाई विश्वासको मत दिने

हेटौंडा : नेपाली कांग्रेस वाग्मती प्रदेशको कार्यसम्पादन समितिको बैठकले वाग्मती प्रदेशका मूख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत दिने निर्णय गरेको छ। आज बसेको बैठकले कांग्रेस बागमती प्रदेश संसदीय दललाई जम्कट्टेललाई मत दिने निर्देशन दिएको हो।

बैठकले बृहत् शान्ति सम्झौता, गणतन्त्र, संविधान रक्षाको लागिको लागि मुख्यमन्त्रीलाई विश्वासको मत दिँदै गुण र दोषको आधारमा शसक्त प्रतिपक्षीको भूमिकामा रहन कांग्रेस बागमती प्रदेश संसदीय दललाई निर्देशन दिने निर्णय गरेको हो।

प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको अध्यक्षतामा हेटौंडामा मंगलबार बिहान बसेको कांग्रेस वाग्मती प्रदेश कार्यसम्पादन समितिको बैठकले मुख्यमन्त्रीलाई विश्वासको मत दिएर गुण र दोषको आधारमा सशक्त प्रतिपक्षीको भूमिकामा रहन निर्देशन दिने निर्णय भएको कांग्रेस वाग्मती प्रदेशका प्रवक्ता तिलक रुवालीले बताए।

११० सदस्य रहेको वाग्मती प्रदेशसभामा बहुमतका लागि ५६ मत चाहिन्छ। सत्ता साझेदार दलसँग बहुमत रहेको छ। संघमा पनि कांग्रेसले पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिए थियो। वाग्मतीमा पनि त्यही दृश्य दोहोरिएको हो।

त्यस्तै बैठकले माघ १ गते पोखरामा भएको यति एयरलाईन्सको प्लेन दुर्घटनामा मृत्यु भएकालाई श्रद्धाञ्जली अर्पण गर्दै पीडितलाई तत्काल राहात उपलब्ध गराउँदै नेपालको हवाई क्षेत्रमा हुने गरेका दुर्घटना न्युनिकरण गरि शुन्यमा झार्ने ब्यवस्था गर्न सरकारलाई ध्यानाकर्षण गर्ने निर्णय गरिएको प्रवक्ता रुवालीले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell