PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

प्रचण्ड सरकारमा चार उपप्रधानमन्त्री



पहिलोपोस्ट

प्रचण्ड सरकारमा चार उपप्रधानमन्त्री

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आज उपप्रधान एवम् उर्जा मन्त्रीको शपथ लिएका छन्। शीतल निवासमा आयोजित कार्यक्रममा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ दिलाएकी हुन्।

यससँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारमा चारजना उपप्रधानमन्त्री भएका छन्। यसअघि प्रचण्डसँगै पुस ११ गते ३ जना उप्रधानमन्त्रीले शपथ लिएका थिए।

प्रचण्ड सरकारमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल उपप्रधानमन्त्री एवम् अर्थमन्त्री,  नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानसहित भौतिक योजना र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधान सहित गृह मन्त्रीको जिम्मेवारीमा छन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell