PahiloPost

Jun 27, 2024 | १४ असार २०८१

'सरी मम' फिल्मले ल्यायो दर्शकका लागि अफर !



पहिलोपोस्ट

'सरी मम' फिल्मले ल्यायो दर्शकका लागि अफर !

काठमाडौं : लागुऔषध दुर्व्यसनीविरुद्धको अभियानमा निर्माण भएको फिल्म ‘सरी मम’ माघ ५ गतेबाट उपत्यकाभित्र प्रदर्शन हुँदैछ। यसैबिच, निर्माण टिमले फिल्म हेर्ने दर्शक लक्षित गरेर विभिन्न अफरहरू सार्वजनिक गरेको छ।

निर्माण कम्पनि एनएफआई क्रियशनले टिकटक प्रतियोगितासहित विभिन्न अफर ल्याएको हो। आमा र छोराको प्रेमलाई देखाउँदै फिल्मसँग सम्बन्धित हुनेगरि टिकटक बनाउने दर्शकलाई ५० हजार पुरस्कार दिने घोषणा गरिएको छ।

‘ह्याजट्याग सरी मम’ र ‘एनएफआई’ सहित टिकटक बनाउँदा धेरै लाइक पाउनेले २५ हजार पुरस्कार पाउनेछन्। त्यस्तै, क्रियटिभ टिकटकलाई २५ हजार पुरस्कार दिइनेछ। यो 'अफर' माघ महिनाभर लागु हुने निर्माता विनोद लामाले जानकारी दिए।

त्यसैगरि, बिहिवारबाट प्रदर्शन हुने फिल्मको दुईवटा टिकट किन्दा दर्शकले एक टिकट सित्तैमा पाउने भएका छन्। फिल्म प्रदर्शनमा आउने हलहरूसँगको सहमतिमा यो योजना ल्याइएको निर्देशन नविन बोगटी बताउँछन्। त्यस्तै, बसुन्धरामा रहेको चिरायू अस्पतालले फिल्म हेरिसकेर टिकटको 'कपी' लिएर अस्पताल पुग्ने दर्शकलाई सबै स्वास्थ्य परिक्षणमा ५० प्रतिशतसम्म छुट दिने भएको छ।

आयुष बुढाथोकी र सरोज पौडेलले लेखेको फिल्मको कथाले किशोरावस्था उमेरलक्षित कुलतविरुद्धको सन्देश भन्छ। पहिलो चरणमा उपत्यका अन्तर्गतका हलमा मात्रै फिल्म लाग्ने र त्यसपछि प्रदेश लक्षित गरेर सातै प्रदेशमा फिल्मलाई पुर्‍याउने निर्माण टिमको योजना छ।

नविन बोगटी निर्देशित फिल्ममा सरोज खनाल र सरिता लामिछानेसँगै एलिस राई, प्रभात पल, प्रविल कडेल, आरबि कटुवाल, बिहान श्रेष्ठ, युनिसा बजगाइँ, रेजिना मगर, सरोज बखुरेल, लालमणि भण्डारीको अभिनय छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell