PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

राप्रपाबाट मन्त्री बनेकाहरु शपथपछि पुगे पशुपतिनाथ मन्दिरमा



पहिलोपोस्ट

राप्रपाबाट मन्त्री बनेकाहरु शपथपछि पुगे पशुपतिनाथ मन्दिरमा

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मन्त्री बनेकाहरु शपथ लगत्तै पशुपतिनाथ मन्दिर दर्शन गर्न पुगेका छन्।

आज दिउँसो शीतल निवासमा शपथ लिएर निस्किएपछि मन्त्रीहरु पशुपतिनाथ मन्दिर पुगेका हुन्।

राप्रपाबाट अध्यक्ष राजेन्द्र लिङदेन, दीपक बोहरा,  धुब्रबहादुर प्रधान, बिक्रम पाण्डे र दिपक बहादुर सिंह मन्त्री भएका हुन्।

लिङदेन उपप्रधान सहित उर्जामन्त्री बनेका हुन्। त्यस्तै बिक्रम पाण्डे सहरी विकासमन्त्री र प्रधान कानुन मन्त्री बनेका छन्। सिंह भने उर्जा राज्यमन्त्री हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell