
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलवार नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री दीपक सिंह र स्वास्थ्य राज्यमन्त्रीमा तोसिमा कार्कीलाई पद तथा गोपनीयताको शपथ गराएका छन्।
राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा भण्डारीले मन्त्रीहरुलाई शपथग्रहण गराएपछि प्रचण्डलाई राज्यमन्त्रीलाई शपथग्रहण गराएका हुन्।
सिंह राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता हुन् भने कार्की राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ हुन्।
यस्तै, माओवादी केन्द्रबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डडन राज्यमन्त्रीमा सुशिला सिर्पाइली ठकुरी नियुक्त भएकी छिन्। तर उनी काठमाडौं बाहिर भएकाले आजको शपथमा सहभागी भइनन्।