PahiloPost

Apr 24, 2026 | ११ बैशाख २०८३

सभामुखको मनोनयन भोलि दिउँसो १ देखि ४ बजेसम्म, एमालेबाट को बन्ला उम्मेदवार?



पहिलोपोस्ट

सभामुखको मनोनयन भोलि दिउँसो १ देखि ४ बजेसम्म, एमालेबाट को बन्ला उम्मेदवार?

काठमाडौं : संघीय संसद् सचिवालयले सभामुखको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ।  माघ ५ गते हुने निर्वाचनको लागि मंगलवार कार्यतालिका सार्वजनिक भएको हो।

कार्यतालिका अनुसार बुधवार दिउँसो १ देखि ४ बजेसम्म मनोनयनका लागि समय छुट्टाइएको छ। प्रतिनिधि सभाको पहिलो बैठक बसेको १५ दिन भित्र सभामुख चयन गरिसक्नुपर्ने संविधानमा व्यवस्था भए अनुसार सभामुखको निर्वाचन हुन लागेको हो।

सत्ता गठबन्धनमा सभामुख एमालेको भागमा परेको छ। एमालेबाट बलियो दाबेदारी नेता देवराज घिमिरेले दिएका छन्। उनी झापा-२ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा निर्वाचित भएका थिए।

एमालेबाटै सभामुखका लागि  पृथ्वी सुब्बा गुरुङ, विद्या भट्टराई र छविलाल विश्वकर्माको नाम पनि चर्चामा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell