PahiloPost

Jun 9, 2025 | २७ जेठ २०८२

एमालेका देवराज घिमिरे सभामुख बन्ने करिब निश्चित 



पहिलोपोस्ट

एमालेका देवराज घिमिरे सभामुख बन्ने करिब निश्चित 

काठमाडौं : सभामुखको निर्वाचन माघ ५ गतेका लागि तोकिएको छ। उक्त निर्वाचनको लागि मनोनयन भोलि दिउँसो १ देखि ४ बजेसम्मका लागि तय गरिएको संघीय संसद सचिवालयले जनाएको छ।

भोलि दिउँसो सवा ४ बजे उम्मेदवारको सूची प्रकाशन र पुस ५ गते ११ बजे बैठक सुरु हुने र निर्वाचन प्रक्रिया अघि बढने संसद सचिवालयले जनाएको छ। प्रतिनिधि सभाको बैठक सुरु भएको १५ दिन भित्र सभामुख चयन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ। पहिलो बैठक पुस २५ गते बसेको थियो। 

घिमिरे सभामुख बन्ने निश्चित

एमालेबाट सभामुखका लागि थुप्रै नेताहरुले आकांक्षा जनाएका छन्। उनीहरुमध्ये झापा-२ बाट प्रतिनिधि सभामा एमालेका तर्फबाट निर्वाचित भएका नेता देवराज घिमिरे सभामुख हुने करिब निश्चित भएको एमालेका नेताहरुले बताएका छन्। एमालेका एक नेताका अनुसार उनलाई उम्मेदवारी दर्ताका लागि तयार रहन भनिएको छ।

तत्कालीन कोअर्डिनेसन केन्द्र, माले हुँदै एमालेको राजनीतिमा सक्रिय भएका थिए घिमिरे। २०५४ मै राष्ट्रिय सभा सदस्य निर्वाचित भएका घिमिरे भूमिगत राजनीति र त्यसपछि हिरासतमा बसेरै सक्रिय राजनीतिमा रहेका थिए।

घिमिरेलाई एमालेले उम्मेदवार बनाउनासाथ उनी निर्वाचित हुने पनि निश्चित छ। किनभने १६९ जना सांसदको समर्थनमा प्रधानमन्त्री भएका थिए माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड। विश्वासको मत लिँदा उनको पक्षमा २६८ जनाको मत थियो। कांग्रेसले सभामुखमा घिमिरेलाई मत नदिए पनि गठबन्धनबाट सरकारमा रहेकै दलहरुकै मतले पनि एमालेको उम्मेदवारी सभामुख चुनिने छन्।

एमालेबाट यी नेता पनि आकांक्षी

सभामुखका लागि एमालेबाट पृथ्वीसुब्बा गुरूङ, विद्या भट्टराई र छविलाल विश्वकर्माले पनि आकांक्षा देखाएका थिए। सभामुखका लागि नेता रघुजी पन्तको नाम पनि चर्चामा आएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell