PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

लिङ्देनको पहिलो निर्णय : ऊर्जा, जल र सिँचाइको क्षेत्रमा रणनीतिक रुपमा काम गर्ने कार्यदल गठन



पहिलोपोस्ट

लिङ्देनको पहिलो निर्णय : ऊर्जा, जल र सिँचाइको क्षेत्रमा रणनीतिक रुपमा काम गर्ने कार्यदल गठन

काठमाडौं : उपप्रधान तथा उर्जामन्त्री राजेन्द्र लिङ्देनले ऊर्जा, जल र सिँचाइको क्षेत्रमा काम गर्नको लागि कार्यदल गठन गर्ने निर्णय गरेका छन्। आज शीतल निवासमा शपथ ग्रहण गरेपछि पदभार ग्रहण गर्दै लिङ्देनले पहिलो निर्णयमा हस्ताक्षर गरेका हुन्।

पाँच वर्षसम्म योजनाबद्ध रुपमा काम गर्नको लागि कार्यदल गठन गर्ने निर्णय गरेको लिङ्देनले बताए। 

मन्त्रालयको सहसचिवको नेतृत्वमा तीन सदस्य कार्यदल गठन गरिएको उनले बताए। कार्यदलले विगतका योजना र भावी योजनाको बारेमा समेत अध्यायन गर्ने बताए।

आफ्नो कार्यकाल चुनौतीपूर्ण भए पनि यसलाई अवसरको रुपमा बदल्ने विश्वास समेत उनले व्यक्त गरेका छन्



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell