PahiloPost

Jul 18, 2026 | २ साउन २०८३

मन्त्रिपरिषदमा राजेन्द्र लिङ्देन पाँचौँ वरियतामा, कुन मन्त्रीको वरियता के?



पहिलोपोस्ट

मन्त्रिपरिषदमा राजेन्द्र लिङ्देन पाँचौँ वरियतामा, कुन मन्त्रीको वरियता के?

काठमाडौं : मन्त्रिपरिषदमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनको वरियता पाँचौँ भएको छ।

उपप्रधान तथा उर्जा जलस्रोत तथा सिँचाई मन्त्री नियुक्त भएका लिङ्देन ४ जना उपप्रधानमन्त्री मध्ये पुछारमा छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड वरियताको पहिलो क्रममा छन् भने उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल दोस्रो, उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ तेस्रो र उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने चौथो क्रममा छन्। 

सोही वरियतामा लिङ्देनलाई पाँचौँमा राखिएको हो।

यस्तै, वरियताको अन्तिमामा राप्रपाबाट राज्यमन्त्री बनेका दीपक बहादुर सिंह छन्। उनीभन्दा अघि राष्ट्रिय स्वतन्त्र पार्टीबाट राज्यमन्त्री भएकी तोसिमा कार्की छिन्।

हेर्नुस् कुन मन्त्रीको वरियता कस्तो?

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell